नेकपा एमालेले मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिकतर्फका उम्मेदवारबारे आइतबार टुङ्गो लगाउने भएको छ । शनिबार अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिक सूचीमा राख्ने नामहरूबारे सामान्य जनाकारी गराएका थिए । एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले समानुपातिक सूचीबारे कानुनी प्रक्रिया र सङ्ख्याबारे सामान्य जानकारी गराएको र भोलि बस्ने बैठकमार्फत टुङ्गोमा पुग्ने जानकारी दिए ।