सरकारको लक्ष्य विकास : मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको मूल लक्ष्य नै विकास र समृद्धी रहेको बताएका छन्। ६८ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश अस्थायी राजधानी हेटौंडामा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रदेश सरकार संबिधान, बिधी एवम् पद्दतीप्रति पूर्ण निष्ठावान् रही प्रदेशको बिकास र समृद्धीमा निरन्तर प्रयन्तशिल रहनेमा ढुक्क हुन आग्रह गरे।