नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई सम्मान

सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उनलाई नेपाली टोपी र खाँदा लगाएर सम्मान गरेका हुन् ।आल्मुताइरीको मुख्य प्रशिक्षणमा माल्दिभ्स्मा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । नेपाललाई पहिलो पटक साफ फुटवल च्याम्पियनसिपमा उपविजेतासम्म पु¥याउन उल्लेखनीय योगदान दिएवापत  युवा तथा खेलकुद मन्त्रालयले योगदानको कदर गर्दै सम्मान गरे

सम्बन्धित सामग्री

सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा

प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसको सामना गर्दैछ ।

अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिम छोडेको गरे घोषणा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। आइतवार सामाजिक सञ्जालमार्फत अलमुताइरीले पद छाडेको घोषणा गरेका छन्। ‘नेपाली फुटबलको सेवामा रहेको ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा मेरो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ उनले भनेका छन्, ‘खुसी, माया, दु:ख र पीडासहितको यो यात्रामा…

सिनियर फुटबल खेलाडीले गरे प्रशिक्षक अलमुताइरीविरुद्ध ‘विद्रोह’

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम नयाँ संकटमा फसेको छ। विभिन्न हर्कतका कारण चर्चामा रहने राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पछिल्लो समय खेलाडीले विद्रोह गरेपछि पुनः चर्चामा आएका हुन्।पछिल्लो समय खेलाडीप्रति चरम पूर्वाग्रही भएको आरोप लागेका अलमुताइरीविरुद्ध ९ खेलाडीले विद्रोह गर्दै क्लोज क्याम्प छाडेका छन्। आसन्न एसिया कप छनोटका लागि एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित  वर्ल्ड ट्रेड सेन्टरमा रहेको एक होटलमा राखेको थियो। प्रशिक्षकले पछिल्लो समय राष्ट्रिय खेलाडी

थाइल्याण्डलाई जित्ने आशा छ : अल्मुताइरी

६ चैत, काठमाडौं । थाइल्याण्डको राष्ट्रिय फुटबल टिम र त्यहाँको शीर्ष श्रेणीको क्लब चोङबुरी एफसीसँग मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम सोमबार थाइल्याण्ड जाँदैछ । टोलीलाई अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आइतबार एक कार्यक्रमकाबीच बिदाई गर्‍यो । बिदाईपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही अनुभवि राष्ट्रिय खेलाडीबिना तयारी गरे पनि फिफा वरियतामा […]

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ- साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किएको छ । सोमबार बिहान नेपाल आईपुगेको टोलीलाई त्रिभुवन विमानस्थलमा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत एन्फाका पदाधिकारी तथा खेल समर्थकले भव्य स्वागत  गरेका छन् । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेत प्रस्थान गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै घर फर्किएका […]

नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

काठमाडौं, भदौ २५ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ । कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टिमले कतारमा विशेष प्रशिक्षण गर्ने छ । नेपाली टिमले कतारमा १५ दिन तयारी गर्नेछ […]

साफमा हारे मेरो गल्ती, जिते श्रेय खेलाडीलाई : अलमुताइरी

५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम अहिले साफ च्याम्पियनसिपको तयारीमा छ । साफ अक्टोबरमा माल्दिभ्समा हुँदैछ । त्यसअघि भारतसँग सेप्टेम्बरमा घरेलु मैदानमा दुई खेल खेल्नेछ । हाल पोखरामा नेपालले तयारी गरिरहेको छ । त्यसै अवसरमा नेपाली टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)को मिडियासँग कुरा गर्दै साफ जित्न नसके आफ्नो […]

१४ दिनमा चार खेल, नेपाली फुटबल टिमको लागि चुनौती

६ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम इराकसँगको मैत्रीपूर्ण खेल र फिफा विश्वकप/एएफसी एसियन कप संयुक्त छनोटका लागि आगामी मंगलबार इराक प्रस्थान गर्दैछ । कोरोना महामारीको यो कठिन परिस्थितिमा छोटो तयारीपछि नेपाली टोली कतार एअरलाइन्स‌्को विशेष चाटर्ड प्लाइटमा इराक जान लागेको हो । नयाँ प्रशिक्षक अब्दुल्ला अलमुताइरीको लागि नेपाली टिमसँग यो पहिलो टुर हुनेछ […]

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह

कुवेती अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) का मुख्य प्रशिक्षक बनेका छन् । उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।