यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले आफूहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश र सुनौलो बिहानी समाजद्वारा आयोजित कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा सहभागी यौनिक तथा अल्पसङ्ख्यकले एकल महिला सरह आफूहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका हुन् । “एकल महिला जस्तै हामी पनि एकल नै छौँ, तर एकल महिलालाई सरकारले भत्ता उपलब्ध गराउँछ हामीलाई दिँदैन्”, जुनु चौधर