हराएको बालक प्रहरीले भेटायो

आइतबार बिहान हराएको तीन वर्षीय बालक दिउँसो धनुषा प्रहरीले फेला पारेको छ । बिहान खेल्ने क्रममा बालक हराएको सूचना प्राप्तपछि धनुषा प्रहरीले खोजतलास गरी फेला पारेर अभिभावकलाई जिम्मा लगाएको हो ।धनुषाको कमला नगरपालिका वडा नम्बर ८ बस्ने मरिक यादवको ३ वर्षीय छोरा आर्यन यादव जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ स्थित फुफाजुको घरबाट बाहिर खेल्न गएको अवस्थामा हराएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाने क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित शह