काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष तहका नेताहरूले नै मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेका छन् ।
कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशाङ्क कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई दबाब दिनुभएको हो ।
नयाँ बानेश्वरमा रहेकाे उपसभापति निधिको निवासमा आज साेमवार दिउँसाे बसेको ती...