खोटाङ : हलेसी तुवाचुङ नगरपालिकाले निर्माण गरेको शिक्षा ऐनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ। नगरले निर्माण गरेको शिक्षा ऐन, शिक्षा ऐन २०२८ सँग बाझिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।सर्वोच्च अदालतमा असार २४ गते शुक्रबार बसेको संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको हो।संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ। जसअनुसार स्थानीय तहले शिक्षा ऐन निर्माण गरेका छन्। हलेसी तुवाचुङ नगरपालिकाले पनि आफ्नो छुट्टै नगर शिक्षा ऐन २०७६ निर्मा