एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित यात्राको क्रममा शुक्रबार डडेल्धुरा पुगेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सत्तारुढ दल कांग्रेस अहिले 'प्रचण्डपथ' को भरिया बनेर हिँडेको टिप्पणी गरेका छन् ।
उनले नेपाली जनताका बीचमा द्वन्द्व मच्चाउन खोज्नेहरुले सक्रिय भएर आतंककारी गतिविधि गरिरहेको आरोप लगाए । चिहानबाट राजतन्त्र फर्काउन भूतप्रेतवादी तत्व सलबलाएको ओलीको टिप्पणी छ ।