सुर्खेत । माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीलाई कारबाही गर्न केन्द्रमा आग्रह गरेको छ । नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेश संसदीय दलले एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य रेग्मीलाई कारबाही गर्न केन्द्रलाई आग्रह गरेको हो ।