जातीय छुवाछूत र शरीर बन्धकका अभियुक्त कारागार चलान

१३ वर्षीया दलित बालिकालले घरभित्र पसेर दही चोरेको भन्दै २० घण्टासम्म बाँधेर यातना दिएको अभियोगमा ६५ वर्षीय वृद्ध जेल चलान भएका छन् । रामेछापको मन्थली नगरपालिका ६ का शेरबहादुर श्रेष्ठलाई सजाय भुक्तानका लागि बिहीबार रामेछाप कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।