लामो समयसम्म रोकिएको तीनकुने पुल निर्माण अघि बढेको छ । पुरानो ठेक्का तोडेर गत साउनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएकामा अहिले निर्माण कम्पनीले डिजाइनको काम अघि बढाएको छ ।साढे तीन वर्ष अवधिको सो ठेक्का निर्माणको पहिलो छ महिना ठेक्कामा लाग्ने र डिजाइन स्वीकृत भएपछि भौतिक काम गरिने काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ । निर्माण कम्पनीले पेस्की लगेको र डिजाइन गरिरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताए । उनले भने, “डिजाइनका लागि काम गरिरहेको जानकारी कम्पनीले दिएको छ ।” &