छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। जनार्दन शर्माले दोस्रोपटक अर्थ मन्त्रीको पदभार ग्रहण गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले संसदीय छानबिन समितिलाई जनार्दन शर्माको कल डिटेल हेर्न नदिइएको आरोप लगाएका छन्। एसईईको ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। मधेसका किसानहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन्। थप ६२० जना कोरोना संक्रमित थपिएका छन्। नेप्से परिसूचक ५४.५८ अंकले बढेको छ।