सबै संरक्षित क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्छः प्रधानमन्त्री देउवा

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणमा पर्याप्त ध्यान दिन नसके जनजीवन खतरापूर्ण बन्ने अवस्था रहेको बता‍एका छन्। बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले प्राकृतिक स्राेत, साधनको संरक्षण, संवर्द्धन वातावरण अनुरूप दिगोरूपमा अघि बढाउन जरुरी रहेको पनि बताए। अन्तर्राष्ट्रिय प्राकृतिक संरक्षण संस्थाहरूसँगको सहकार्य र समन्वय बिस्तार […]