काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भए पनि सुन भएको जिकिर गर्नुभएकाे छ । आज आइतवार काठमाण्डाैमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभएकाे हाे ।
महामन्त्री शर्माले पालिका चुनावमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरू एक/एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो । केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका पाँच दल एक/ए...