स्थानीय तहले क्षतिको तथ्यांक संकलन नगर्दा पीडित किसानले राहत पाएनन्

कञ्चनपुर । बेमौसमी वर्षाका कारण कृषिबालीमा क्षति भएको दुई महिना बितिसक्दा पनि स्थानीय तहले क्षतिको तथ्यांक संकलन नगर्दा पीडित किसानले राहत पाउन सकेका छैनन् । स्थानीय तहहरुले क्षतिको विवरण उपलब्ध नगराउँदा राहत वितरण प्रक्रियामा ढिलाइ भएको हो । कृषि ज्ञान केन्द्र महेन्द्रनगरका अनुसार हालसम्म कञ्चनपुरका दोधारा चाँदनी, कृष्णपुर र बेलौरी नगरपालिकाले मात्रै कृषिबालीमा भएको क्षतिको […]