नेपाली काँग्रेसले सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको सो फैसलाको स्वागत गरेका हुन् । फैसलालगत्तै सभापति देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘ सम्मानित सर्वोच्च अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु ।’सभापति देउवाले यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् । उनले लोकत