साउदीले इजिप्टलाई २–१ ले हरायो, जितको खाता नखोली घर फर्कियो सलाहको टोली

समूह एको खेलमा साउदी अरबले इजिप्टलाई २–१ गोलले पराजित गरेको छ । दुई टोली विश्वकपबाट बाहिरिइसकेकाले यो खेल प्रतिष्ठाका लागि मात्र थियो । खेलको २२औं मिनेटमै मोहम्मद सलाहको गोलमार्फत अग्रता बनाएको इजिप्टले अग्रता जोगाउन सकेन । पहिलो हाफको इन्ज्यूरी समयमा सलमान अल फाराजले पेनाल्टी गोलमार्फत खेल बराबरीमा ल्याए । त्...