दक्षिण कोरियामा थप ६२ हजार कोरोना सङ्क्रमित

दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप ६२ हजार जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन्।योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या दुई करोड १४ लाख १८ हजार ३६ पुगेको छ । केही दिन अगाडिसम्म दैनिक एक लाखको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा अहिले भने घटेको पाइएको छ । अघिल्लो हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाख २४ हजार ८२९ रहेको थियो।अहिले स

सम्बन्धित सामग्री

दक्षिण कोरिया, भारत र पाकिस्तानमा कोरोना सङ्क्रमित घट्दै

मङ्गलबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार यस देशमा ८५ हजार पाँच सय ४० जना नयाँ सङ्क्रमित थपिएका छन् । यद्यपी सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार ८३७ जना नयाँ सङ्क्रमित थपिएका थिए । सोमबारको तुलनामा मङ्गलबार सङ्क्रमित घटेका छन् ।

कोभिड महामारीका दौरान किमलाई ‘ज्वरो’, दक्षिणमाथि आरोप

किम जोङ उनलाई कोभिड–१९ महामारीका दौरान ‘ज्वरो’ आएको उनकी बहिनीले जानकारी दिएकी छन् । उनको भनाइले उत्तर कोरियाका नेता पनि कोरोना सङ्क्रमित बनेको सङ्केत गरेको बीबीसीले उल्लेख गरेको छ ।किम यो–जोङले आफ्नो देशमा कोभिड महामारी फैलिनुमा दक्षिण कोरिया जिम्मेवार रहेको आरोपसमेत लगाइन् । दक्षिणले कोभिडको भाइरस भएका पर्चाहरू आफ्नो देशमा पठाएको उनको आरोप थियो । दक्षिण कोरियाका अभियन्ताहरूले बेलुनको मद्दतले उत्तरमा पर्चा पठाउँदै आएका छन् । दक्षिणले भने सो आरोपको खण्डन गरेको छ ।किम जोङ

थाहा पाउनुहोस्, आजदेखि कुन कुन देशबाट नेपाल आउन पाइँदैन

काठमाण्डौ – सरकारले शुक्रबार रातिदेखि कोरोना सङ्क्रमित खाडीका ६ देश, मलेसिया, दक्षिण कोरिया, जापान तथा यूरोपका देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ । साथै यी देशमा ट्रान्जिट भएर पनि नेपाल आउन पाइने छैन । विदेशी नागरिकसँगै नेपाली नागरिक पनि यी देशबाट नेपाल आउन पाउने छैनन् ।  कोरोना संक्रमण, रोकथाम तथा निय...