सचेतनाले सङ्क्रमण दर घट्दै

पछिल्लो केही सातादेखि डोटीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आएको बताइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गएको वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७.२ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जेठ २० गतेसम्म आइपुग्दा सङ्क्रमण तथा मृत्युदर क्रमिकरूपमा घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका प्रमुख डा गणराज अवस्थीले जानकारी दिए। उनका अनुसार अहिले मृत्युदर २.१५ प्रतिशतले कम भएको पाइएको छ । अघिल्ला तीन हप्ताको तुलनामा सबैभन्दा...

सम्बन्धित सामग्री

भारत, पाकिस्तान र मलेसियामा कोरोना सङ्क्रमण दर क्रमशः घट्दै

काठमाडौँ- भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको पाइएको छ । भारत सरकारले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा सात हजार पाँच सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४५ जनाको मृत्यु भएको छ । यसैसँग कोरोना शुरु भएबाट हाालसम्म पाँच लाख २७ हजार सात […]

सङ्क्रमणदर घट्दै, स्वास्थ्यमा मापदण्ड उल्घङ्घन बढ्दै

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ । माघको पहिलो हप्ता उच्च रहेको सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ । सङ्क्रमणदर घट्दै गएपछि निको हुनेको दर पनि बढेको छ । माघ ८ गते कूल परीक्षण गरिएकामध्ये ५०.८ प्रतिशतमा रहेको सङ्क्रमण माघ १९ गते आइपुग्दा ३१.४ प्रतिशत रहेको छ । माघ ८ गते २० हजार …

प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै

विगत केही दिनदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको छ । सङ्क्रमणमुक्त दर भने बढेको पाइएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २६८ जनामा कोरोना सङ्क्रमण भएको छ ।सोही अवधिमा १९९ महिलासहित ४२६ कोरोना सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।पिसिआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा दुई÷दुई, ताप्ले

प्रदेश नं १ मा सङ्क्रमण दर घट्दो

पछिल्लो समयमा प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको पाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा सात जना गरी कूल ११० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।झापा, मोरङ र सुनसरीमा क्रमश: ४७, ३२ र १५ जना तथा धनकुटा र तेह्रथुममा दुई÷दुई, इलाममा एक र प्रदेश  बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १२४ महिलासहित २११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालय

यूएईमा कोरोना सङ्क्रमण दर न्यून, पुरानै लयमा फर्कँदै

काठमाण्डौ – कोरोना सङ्क्रमण घट्दै गएपछि यूएईले केही सार्वजनिक स्थानमा अनिवार्य मास्कको व्यवस्था हटाएको छ । पूर्ण रूपमा खोप लगाइसकेको र सङ्क्रमण दर पनि न्यून रहेको भन्दै यूएईले स्वीमिङपुल, समुद्री किनार लगायतका ठाउँमा मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाएको हो । यस्तै एकै परिवारका व्यक्तिले निजी सवारीमा हिँड्दा पनि मास्क लगाउन पर्ने छैन ।  यूएईमा पछिल्लो समय दैनिक सङ्क्रमण दर ६२ प्रतिशतले घटेको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ९२ प्रतिशतभन्दा धेरैले खोपको पहिलो मात्रा लगाएको र ८१ प्रतिशतभन्दा धेरैले खोपको ...

खोपका कारण कोभिड–१९ को सङ्क्रमण दर घट्दै

झापा, ४ असोज: कोडिभ– १९ को सङ्क्रमण दर जिल्लामा घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए । उनका अनुसार कोभिडका बिरामी अस्पतालमा समेत घटेका छन् । दुई महिना अघिसम्म दैनिकजसो कोभिड–१९ को कारण चारदेखि पाँच जनासम्मको मृत्यु […]

झापामा कोभिड-१९ को सङ्क्रमण दर घट्दै

कोरोना विरुद्धको खोप लगाउनेको सङ्ख्या बढेको कारण सङ्क्रमण घट्दै गएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए।

ताप्लेजुङमा कोरोना सङ्क्रमण दर घट्दै

ताप्लेजुङ । पछिल्लो समय जिल्लामा कोभिड– १९ सङ्क्रमण दर घट्दै गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमित १०० भन्दा कम छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन् । कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण सङ्क्रमणको दर घट्दै गएको […]

चितवनमा घट्दै कोरोना सङ्क्रमण

साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमण दर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा सङ्क्रमण रहेकामा यही भदौ लागेसँगै सङ्क्रमण घट्दै गएर दैनिक ४० हाराहारीमा झरेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार साउन ७ गते २५५ मा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै साउन १७ गते २२९, साउन २४ गते २३८ मा सङ्क्रमण देखिएको थियो । साउन मसान्तबाट यो सङ्ख्या घट्दै गएको हो । साउन ३१ मा आइपुग्

कर्णालीमा कोरोना सङ्क्रमण दर घट्दै

कर्णाली ब्युरो । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणदर घट्दै गएको छ । कोरोनाको नयाँ भेरिअन्ट देशभर वृद्धि भइरहे पनि कर्णाली प्रदेशमा भने घट्दै गइरहेको छ । गत वैशाख २६ मा कोरोना सङ्क्रमण दर कुल परीक्षणको ८१ प्रतिशत रहेकोमा आइतबार घटेर ३१ प्रतिशतमा झरेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय , सुर्खेतले प्रेस विज्ञप्ति मार्फत जानकारी […]