नेपाल प्रहरीका लेखापाल (अकाउन्टेन्ट)हरूको सरुवा हुनुपर्ने समय बितेको साढे २ महिना पुग्न लाग्दा पनि प्रहरी प्रधान कार्यालयले सरुवा गर्न सकेको छैन ।
सामान्यतया असार मसान्तअगाडि नै लेखापालहरूको सरुवा गर्ने चलन छ । आर्थिक वर्ष समाप्तिसँगै नयाँ आर्थिक वर्षको लेखा व्यवस्थापनका लागि साउन १ गतेदेखि हाजिर हुने गरी सरुवा हुँदै आएको थियो । तर अहिले भने साढे २ महिना ढिलो हुन लाग्दा पनि लेखापालहरूको सरुवा हुने छाँटकाँटसम्म देखिएको छैन ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले का...