काठमाडौं– एनएमबि बैंकले डेबिट कार्डमा एक सय रुपैयाँ क्यासब्याक अफर घोषणा गरेको छ । सो अफरअन्तर्गत बैंकका सबै नयाँ ग्राहकका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनलमार्फत कारोबार गर्दा एक सय रुपैयाँ क्यासब्याक पाउनेछन् । यो अफर सीमित अवधिको लागि मात्र लागु हुने बैंकले जनाएको छ […]