सरकारले भारतबाट असार मसान्तसम्म ८० हजार मेट्रिक टन मल आउने आश्वासन दिएको छ । धान राेपाइँ सुरु हुँदै गर्दा किसानले मल नपाएका बेला एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटूजी माध्यमअन्तर्गत भारतबाट असार मसान्तसम्म ५० हजार मेट्रिक टन युरिया र ३० हजार टन डीएपी प्राप्त हुने जनाएको हो । नेपालले भारत सरकारसँग यो वर्ष १ लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने सम्झौता गरेको छ । जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल हुनेछ ।