पाँच वर्षसम्म चार किमी सडक नसक्ने निर्माण व्यवसायीलाई कारबाहीको तयारी

सडक डिभिजन कार्यालय काठमाडौँले पटकपटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ । डिभिजनले आव २०७३/०७४ मा चार किमी सडक निर्माणका लागि रु १९ करोडको लागतमा ठेक्का गरेको थियो । पहिलोपटक १८ महिना समय दिए पनि भण्डार/थोडुङ/वल्र्डवाइड÷महालक्ष्मी जेभीले काम नगरेपछि पटकपटक स्पष्टीकरण सोधिएको डिभिजनका इञ्जिनीयर तुलाकान्त …