काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेको अग्रता कायमै छ। पछिल्लो विवरण अनुसार नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रतालाई कायमै राखेका छन् । पोखरेलले ११४४ मत ल्याउँदा नेपाली कांग्रेसका उमेश श्रेष्ठ ७०४ मत ल्याउँदै पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २६० मत ल्याएका छन् ।