माइतीघर मण्डलामा विद्यालय कर्मचारीहरूको धर्ना

काठमाडौँ । आफ्नो पूर्ण सेवा सुरक्षाको ग्यारेन्टीसहित विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरू माइतीघर मण्डलामा धर्नामा बसेका छन् । आन्दोलनको तेस्रो दिन आज बिहान ११ बजेदेखि माइतीघर मण्डलामा धर्नामा बसेका नेपाल विद्यालय कर्मचारी परिषद्का उप–महासचिव प्रेम बहादुर भण्डारीले जानकारी दिए । विभिन्न नारासहितका प्लेट कार्ड छातीमा टाँसेर उनीहरू धर्नामा बसेका छन् । […]