गोरेका भाइ दुवईमा समातिए, इन्टरपोल प्रहरीले नेपाल पठाउँदै :: Pahilopost.com

काठमाडौं : ३३ किलो सुन प्रकरणमा इन्टरपोल मार्फत् प्रहरीको खोजी सूचीमा रहेका रमेश उप्रेती पक्राउ परेका छन्। दुवई प्रहरीले केही साताअघि उप्रेतीलाई पक्राउ गरेको छानविन समितिका एक सदस्यले जानकारी दिए। उप्रेतीलाई दुवईको आवुधावीमा पक्राउ गरिएको हो। आबुधावी प्रहरीले पक्राउ गरी इन्टरपोल प्रहरीलाई बुझाएको हो। स्रोतले दिएको जानकारीअनुसार आवश्यक कागजपत्र

सम्बन्धित सामग्री

१८ हजार नेपालीको राहदानीको विवरण इन्टरपोलमा

काठमाडौं । राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएको विवरण अन्तरराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा दर्ता गराएको छ । राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा दर्ता गराएको हो । नियमावलीअनुसार हराएका राहदानीबारे इन्टरपोललाई समय–समयमा अद्यावधिक गर्नुपर्ने प्रावधान छ । यसै हप्ता परराष्ट्र मन्त्रालयले जारी गरेको नेपालको परराष्ट्र मामिलासम्बन्धी वार्षिक प्रतिवेदनमा विभागले हराएको राहदानीको विवरण नियमित रूपमा इन्टरपोललाई पठाउँदै आएको बताइएको छ । वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को विवरणमात्र समावेश गरिएको छ । विभागले ७७ ओटै जिल्ला प्रशासन कार्यालय, १९ इलाका प्रशासन कार्यालय र विदेशस्थित ४० नेपाली कूटनीतिक नियोगमार्फत राहदानी सेवा उपलव्ध गराउँदै आएको तथा उक्त अविधि सम्ममा ६८ लाख ६ हजार ९१३ ‘मेसिन रिडेबल पासपोर्ट’ जारी गरेको प्रतिवेदनमा उल्लेख छ । पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्र संघको बडापत्र, अन्तरराष्ट्रिय कानून र विश्व शान्तिका मापदण्डअनुसार परराष्ट्र नीति सञ्चालन गरिरहेको मुलुकले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको छ । उदार, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको वकालतलाई नेपालले जारी राखेको प्रतिवेदनमा स्पष्ट गरिएको छ भने अन्तरराष्ट्रिय र राष्ट्रिय प्रतिबद्धता महसुस गर्न विकासका साझेदारहरूसँग सहकार्य भइरहेको, दिगो विकास लक्ष्य हासिल गर्ने आकांक्षा पूरा गर्न हरसम्भव प्रयास गरिएको बताइएको छ । कोभिड–१९ को महामारीले सृजना गरेको कठिनाइका बीच पनि नेपालको संलग्नता छिमेकी र अन्य देशका साथै क्षेत्रीय र बहुपक्षीय मञ्चमा प्रतिनिधित्व एवं संलग्नता सक्रिय र अर्थपूर्ण रहेको दाबी गरिएको छ । बाह्य जगत्सँग नेपालको सम्बन्धलाई प्रगाढ र सुदृढ बनाउन परराष्ट्र मन्त्रालय सक्रियतापूर्वक लागिरहेको, द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय स्तरका मित्र राष्ट्रहरूसँग पनि आर्थिक कूटनीति प्रवर्द्धन र विदेशमा रहेका नेपाली नागरिकको हितको रक्षाका निम्ति दत्तचित्त भएर लागेको प्रतिवेदनमा उल्लेख छ । रासस