नेपालगञ्जमा रगतको माग बढ्दो

पश्चिम नेपालको स्वास्थ्योपचार केन्द्र बन्दै गएको नेपालगञ्जमा रगतको माग र आपूर्ति दुवै बढ्दै गएको छ । यहाँस्थित सरकारी अस्पताल भेरी र निजी क्षेत्रको शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका जनता स्वास्थ्योपचारका लागि आउने गरेका छन् । निजी क्षेत्रबाट सञ्चालित अन्य अस्पतालमा पनि बिरामीको चाप हुने गर्दछ । बिरामीको चाप बढ्दो रहेकाले रगतको माग पनि बढ्दै गएको नेपालगञ्जस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दए । उनका