बैतडी : राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना बैतडीमा पनि जारी रहेको छ। पहिलो चरणको गणनाअन्तर्गत सुपरीवेक्षकहरूले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने काम जारी रहेको हो। घर तथा घरपरिवार सूचीकरणका लागि यहाँका गाउँगाउँमा सुपरीवेक्षक खटाइएका जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। सूचीकरणका लागि जिल्लाभरी ८० जना सुपरीवेक्षक परिचालन गरिएका हुन्। असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर, जनगणना घर र जनगणना परिवार संख्या गणना गर्ने का