बर्लिन : जर्मनीको निर्यात चार महिनामा पहिलो पटक जुलाईमा घटेको शुक्रबार प्रकाशित सरकारी तथ्यांकले देखाएको छ। संघीय तथ्यांक एजेन्सी (डेस्टाटिस)को मौसमी समायोजित तथ्यांकअनुसार जर्मनीले अगष्टमा १ खर्ब ३१ अर्ब ३० करोड युरो बराबरको सामान निर्यात गरेको छ। यो जूनको तुलनामा २.१ प्रतिशतले कम हो।यो सूचक गत वर्षको जुलाईको तुलनामा १४.३ प्रतिशतले बढी हो भने जर्मनीको व्यापार सन्तुलन ५.४ अर्ब युरोमा सकारात्मक रहेको छ।मुद्रास्फीति बढ्दै जाँदा र युक्रेनमा रूसको आक्रमणको असर पर्दा मुलुकको निर्यातमा