जेठ १७, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार ४५ अंकले घटेको छ ।
बजार घटेसँगै कारोबारमा आएका २१८ ओटा कम्पनीमध्ये १० ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको हो । १० ओटा कम्पनीमध्ये सबैभनन्दा बढी बरुण हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ५७ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४२५ मा झरेको हो ।
त्यसैगरी नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्यअघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ७२ प्रतिशत,छ्याङ्दी हाइड्रोपावरको ८ दशमलव ६ प्रतिशत,माउण्टेन हाइड्रो नेपालको ८ दशमलव १६ प्रतिशत,रिडी हाइड्रोपावरको ८ प्रतिशत,दिब्यश्वरी हाइड्रोपावरको ७ दशमलव ५ प्रतिशतले घटेको छ ।
यसैगरी कालिका पावर कम्पनीको ७ दशमलव २ प्रतिशत,हिमाल दोलखा हाइड्रोपावरको ७ दशमलव ३ प्रतिशत,बुटवल पावर कम्पनीको ६ दशमलव ९८ प्रतिशत र आँखुुखोला जलविद्युत् कम्पनीको शेयर मूल्य ६ दशमलव ९८ प्रतिशतले कमि आएको छ ।
ती १० ओटै कम्पनीको शेयरमूल्य केहि देनिदेखि सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो । बजार घट्न थालेसँगै लगानीकर्ताले नाफा बुक गरेकाले शेयरमूल्यमा गिरावट आएको हो ।
यो दिन नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य प्रतिकित्ता रू. ४५०, छ्याङदी हाइड्रोपावरको रू. ४००,माउण्टेन हाइड्रो नेपालको रू. ३६०,रिडी हाइड्रोपावरको रू. ३६८,दिब्यश्वरी हाइड्रोपावरको रू. २५९,कालिका पावरको रू. ४१०, हिमाल दोलखा हाइड्रोपावरको रू.२५१,बुटवल पावर कम्पनीको रू.५१९ र आँखुखोला जलविद्युत् कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२६७ पुगेको छ ।