चट्टानै चट्टान भएको भीरमा साँघुरो बाटो । यताउता फर्कनै नमिल्ने । माथि हेर्दा चट्टान खस्ला झैँ, तल हेर्दा आँङै सिरिङ हुने । त्यही बाटोमा भारी बोकेर यात्रा गर्नुहुन्छ, बझाङ तलकोट गाउँपालिका–२ रुवातोलाका गोविन्द बोहरा । उहाँ हरेक महिना छ–सात पटक गह्रुँगो भारीसहित तीन दिन पैदलयात्रा गरेर साइपाल पुग्नुहुन्छ । भारी बोकेरै जीविकोपार्जन गर्ने उहाँलाई सरकारले […]