काठमाण्डौ – महिला अधिकारकर्मी रुवी खानलाई अस्पताल भर्ना गरिएको छ । नौ दिनदेखि आमरण अनसनमा रहनुभएकी खानको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । श्वासप्रश्वासमा समस्या हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको जनाइएकाे छ ।
बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २० दिन हिँडेर काठमाण्डौ आएकी रुवीलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँलाई काठमाण्डौबाट पक्रेर प्रहरीले पुनः बाँके पुर्याएकाे&...