कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् ।प्रतिनिधिसभा सदस्यमा पार्टीकी केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले ३० हजार ४०४ मतसहित विजयी भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मतमै सीमित भए । एक ल