नेपालको केन्द्रीय राजनीतिमा अहिले पनि पुरानै पुस्ताको बर्चस्व छ । भर्खरै नेपालका ठूला राजनैतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीको महाधिवेशन सम्पन्न भएको छ, जसको नेतृत्वमा अपवादबाहेक पुरानै नेताहरु दोहोरिएका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुमा पनि ठूलो संख्या पुरानै अनुहारको छ । तथापि केही युवा पुस्ताका नेताहरु पनि अहिले शीर्ष पदमा पुग्न सफल भएका छन्, जसलाई परिवर्तन अथवा पुस्तान्तरणको संकेतका रुपमा लिन सकिन्छ । तर, हामीले बुझ्नुपर्ने कुरा भनेको पार्टी संगठनला