संगठित संस्थाले हाइड्रोको शेयर बिक्री गर्दा १५ दिने सार्वजनिक सूचना जारी गर्नु पर्ने

संगठित संस्थाले आफुसंग भएको शेयर बिक्री गर्नु परे १५ दिन अगावै सार्वजनिक सूचना जारी गर्नु पर्ने भएको छ । आयोगले 'विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८' स्वीकृत गर्दै यस्तो ब्यबस्था गरेको हो ।आयोगको असोज ६ गतेको बैठकले स्वीकृत गरेको निर्देशिका अनुसार सूचीकृत कम्पनीको शेयरधनी मध्ये कुनै शेयरधनी संगठित संस्था भएमा त्यस्तो संगठित संस्थाले आफुसंग रहेको शेयर खरिदबिक्री गर्नु पर्दा पन्ध्र दिन अगावै सोको विवरण सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरी आयोगमा जानकारी समेत दिनु पर्नेछ ।संगठित संस्था भन्नाले प्रचलित कानुन बमोजिम स्थापना वा दर्ता भएको कम्पनी वा संस्थान वा निगम जस्ता कानुनी व्यक्ति सम्झनु पर्ने उल्लेख छ।त्यस्तै आयोगले  शेयर संरचनामा पाँच प्रतिशतभन्दा बढी परिवर्तन हुने भएमा आयोगको पूर्व स्वीकृति लिनु पर्ने ब्यबस्था गरेको छ । साथै कम्पनीले शेयरधनीलाई बोनस शेयर प्रदान गर्दा आयोगमा जानकारी दिनु पर्नेछ । ५ प्रतिशत भन्दा बढी बोनस शेयर प्रदान गर्दा सो वापत प्राप्त हुने पूँजीको लगानी विवरण आयोग समक्ष पेस गर्नु पर्ने ब्यबस्था पनि आयोगले गरेको छ ।निर्देशिकामा आयोगले विभिन्न शर्त तोकेर हाइड्रो कम्पनीले हकप्रद निष्काशन गर्ने सक्ने ब्यबस्था गरेको छ । आयोगले आयोजना निर्माणको लागि र निर्माणाधीन आयोजनको लागि हकप्रद निष्काशन गर्न सक्ने बाटो खुला राख्दै विभिन्न शर्त तोकेको छ । यो पनि : हाइड्रो कम्पनीले २ सय प्रतिशतसम्म हकप्रद निष्काशन गर्न पाउने, यस्तो छ आयोगको निर्णय

सम्बन्धित सामग्री

चलचित्र ‘जारी’ को नयाँ गीत ‘रीत’ सार्वजनिक

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर अभिनित प्रदर्शनरत चलचित्र ‘जारी’ को नयाँ गीत सार्वजनिक भएको छ । वैशाख १ गते शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रको ‘रीत’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । सोमबार बासुरी फिल्म्स युट्युब च्यानलमार्फत सो गीत सार्वजनिक गरिएको हो । हर्क साउँदको शब्द रहेको गीतमा मनोज थापा मगरकाे संगीत […]

प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल जारी

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट नागरिकको जनजीवन प्रभावित भएको भन्दै प्रमुख प्रतिपक्षी सांसदहरुले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल जारी छ। प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गरेको संकल्प प्रस्ताव माथि छलफल भइरहेको हो। छलफलका लागि  दुई घण्टाको समय दिइएको छ।संकल्प प्रस्ताव पेश गर्दै एमाले नेता विशाल भट्टराईले तत्काल पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिनुपर्ने माग गरेका छन्। एमाले सांसद यज्ञराज सुनुवार, गणेशकुमार पहाडी रा

हालसम्म ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक, ३५ को गणना जारी

देशभरका ७५३ पालिकामध्ये साँझ ८ बजेसम्ममा ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हाल दुई पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३५ पालिकाको गणना जारी छ । हालसम्म छ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ ।काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाको गणना जारी छ । उपमहानगरपालिकामध्ये धरान, धनगढी, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र कलैयाको अन्तिम परिणाम आइसकेको छ । उपमहानगरपलिकामा ह

बङ्गलादेशमा कोभिडबाट बच्न नयाँ निर्देशन जारी

ढाका । बङ्गलादेशमा पछिल्ला केही हप्तामा कोभिड १९ को सङ्क्रमण बढेपछि यसबाट बच्नका लागि नयाँ निर्देशन जारी गरिएको छ । ती ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गरिने बताइएको छ । यी निर्देशनहरु मास्कको प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा हुन नपाइनेसम्मका रहेका छन् । यहाँ सार्वजनिक स्थलमा जम्मा हुँदा तथा […]

मन्त्रिपरिषद् बैठक जारी : तमु ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिईने

काठमाडौं, १४ पुष । सरकारले तमु ल्होसारको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ। अहिले सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ । भेलि तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिनेगरि गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदमा प्रस्ताव लगेको बुझिएको छ । विदामा सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द हुनेछन्।

सार्वजनिक खर्चसम्बन्धी नयाँ मापदण्ड जारी

काठमाडौं, कात्तिक ८ । सरकारले सार्वजनिक खर्च सम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ । अर्थमन्त्रालयले सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी मापदण्ड २०७८ जारी गर्दै सरकारी खर्च कटौतीको पहल थालेको हो । अब सरकारी निकायले शुभकामना सन्देश प्रकाशन वा प्रसारणमा खर्च गर्न नपाउने भएका छन् । पत्राचार गर्दा उपलब्ध भएसम्म सरकारी ईमेल तथा विद्युतीय माध्यममार्फत गर्ने […]

दस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

राष्ट्र बैंकले सात दिन अवधिको रिपो जारी गर्ने सूचना बुधबार आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो।

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको हो।   आजको बैठक प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको र केही एजेण्डा सार्वजनिक गरिएको थिएन । बैठकले केही महत्वपूर्ण  निर्णय गर्न सक्ने बताइएको छ ।

कोरोना रोक्न सार्वजनिक यातायातमा के गर्ने?

कोरोना भाइरस सार्वजनिक यातायातबाट पनि सर्न सक्ने खतरा रहेको भन्दै सरकारले सार्वजनिक यातायातमा पनि के गर्ने भन्ने विषयमा आदेश जारी गरेको छ। सरकारले यातायातका क्षेत्रमा ८ बुँदे आदेश जारी गरेको छ।