काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा पौडेलले न्यायाधीशहरूको कार्यसम्पादन मूल्याङ्कन हुनुपर्ने बताउनुभएकाे छ ।
आज साेमवार कानुन दिवसको अवसरमा सर्वोच्च अदालत बार एसाेसिएशनले आयोजना गरेको विधिको शासन र यसका चुनौती विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । न्यायाधीशहरूको कार्यशैलीलाई राज्यले मूल्याङ्कन गर्नुपर्ने भन्दै उहाँले कार्यसम्पादन मूल्याङ्कनका आधारमा स्तरोन्नति निर्धारण हुनुपर्ने बताउनुभयो । नियुक्ति गर्दा र त्यसपछि उनीहरूले कसरी कायम गरिरहेका छन् भनेर मूल्याङ्...