सन् २०१५ मा पेरिस हमला गर्ने समूहका एकमात्र जीवित आक्रमणकारीलाई आतंकवाद र हत्याको दोषी ठहर गरिएको छ ।सलाह अब्देस्लामलाई फ्रान्सको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कठोर सजाय सुनाइएको छ । यस आक्रमणमा १३० जनाको मृत्यु भएको थियो । सलाहलाई यो अपराधमा आजीवन कारावासको सजाय सुनाइएको छ ।अदालतले यस मुद्दामा अन्य १९ जनालाई पनि दोषी ठहर गरेको छ । जसमध्ये ६ जनाको मृत्यु भएको बुझिएको छ ।यो मुद्दाको सुनुवाइ आधुनिक फ्रान्सको इतिहासमा सबैभन्दा लामो समयसम्म चल्यो । गत वर्ष सेप्टेम्बरदेखि मुद्दामाथि सुनुवाइ चलिरहेको