हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

कञ्चनपुर : लालझाडी गाउँपालिका–४ का धर्मानन्द भट्टको घर आज बिहान आएको हात्तीको बथानले भत्काइदिएको छ।घर भत्काइदिँदा भट्टको परिवार बिचल्लीमा परेको छ। लालझाडी संरक्षण वन क्षेत्र हुँदै बस्ती छिरेको एक दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले घर भत्काई घरभित्र राखेको अन्नसमेत सबै खाएर बिजोग बनाएको पीडित भट्टले बताए। ‘हात्तीको बथानले बिहानको झिसमिसेमै घर भत्काउन थालेपछि बालबालिकासहित एकसरो लुगामै भागेर ज्यान जोगाउन सकेका छौँ’, उनले भने,‘घर पूरै क्षतिग्रस्त बनाइदिएपछ