रुकुमपश्चिम नरसंहार र अंगिरा पासीको बलात्कारपछि हत्या काण्डका दोषीलाई कारबाही गर्न माग

राष्ट्रिय कलाकार समूहले पश्चिम रुकुम सोती नरसंहार र अंगिरा पासीको सहयोग संकलन अभियान सुरु गरेको छ । अभियानको मूल नारा छ,“अपराधको अगाडि कानून नझुकोस, असत्यको छायाँमा सत्य नलुकोस।” बिहीबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री जितु गौतम, बरिष्ठ कलाकार नीर शाह, बरिष्ठ पत्रकार ऋषि धमला, चलचित्र पत्रकार प्रकाश सुवेदी, यशुकुमार, अमृत खाँतीलगायतले रुकुमपश्चिम घट्नामा दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने र पीडितलाई न्याय दिनुपर्ने धारणा राखेका छन् ।