बागमतीमा पुल बनेपछि डुङ्गाको सहारा लिनुपर्ने बाध्यता हट्यो

सर्लाहीको बरहथवा र रौतहटको गढीमाई जोड्ने गरी बागमती खोलामा पक्की पुल बनेपछि डुङ्गामा चढेर खोला तर्नुपर्ने बाध्यता टरेको छ । ठूलो क्षेत्रफलमा फिँजिएर नदी बगेको स्थानमा पक्की पुल बनेपछि दुवै जिल्लाका किसानलाई खोला वारपार गरी खेतबारीमा काम गर्न जान आउन अत्यन्तै सजिलो भएको बरहथवा नगरपालिका–२, हजरियाकाका महेश बरालले बताउनुभयो । उहाँका अनुसार पुल नबन्दा वर्षायाममा १५ मिनेटको बाटो तीन घण्टा लगाएर तय गर्नुपर्ने बाध्यता थियो ।