काठमाडौं : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन्। एकताका लागि पर्याप्त आधार भएकोले घनीभूत छलफल गरेर पार्टी एकताका लागि नै लाग्नुपर्नेमा जोड दिए।आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता बडालले भने, ‘यसअघि एकताका लागि बनेको कार्यदलको दशबुँदे प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ। यो नै एकताको आधार हो। तपाईंले एमाले छोड्दै हुनुहुन्छ भन्ने हल्ला व्यापक छ, त्यो सत्य नहोस्। ३८ व