सहमति पालना गर्न प्रतिबद्ध छौँ : नेत्रविक्रम चन्द 'विप्लव'

काठमाण्डाै – नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै महासचिव विप्लवले तीन बुँदे सहमतिमा आशङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले सहमतिलाई कुतर्क र उत्तेजना नगर्न पनि आग्रह गर्नुभएको छ । नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना पूरा गर्न आफूहरू लागिपरेको पनि उहाँले बताउनुभयो । शुक्रवार नै सरकार र नेत्र विक्रम चन्द विप्लव समू...