ओलम्पिक स्वर्णमा चीनको दबदबा कायमै, दोस्रो स्थानको अमेरिकासँग भन्दा ६ वटा स्वर्ण बढी

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ को पदक तालिकामा चीन शीर्ष स्थानमा छ।ओलम्पिकको १२औं दिनको खेलहरु सुरु भइसक्दासम्म चीन ३२स्वर्ण, २१ रजत र १६ कास्य गरी कुल ६९ पदकसहित पहिलो स्थानमा छ।दोस्रो स्थानमा रहेको अमेरिकाले २४ स्वर्ण, २८ रजत र २१ कास्य गरी कुल ७३ पदक जितेको छ।१९ स्वर्ण,६ रजत र ११ कास्य गरी कुल ३६ पदकसहित आयोजक जापान तालिकाको तेस्रो स्थानमा छ।