धुलिखेल : नयाँ–नयाँ विषयको खोज तथा अनुसन्धान गर्ने धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले नेपालमा ‘हाइड्रोजन कार’ ल्याएको छ। विश्वविद्यालयले शनिवार कोरियामा बनेको हुण्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयमा ल्याएको हो। केयूले नेपाल आयल निगमको सहयोगमा उक्त कार खरिद गरी नेपाल भित्र्याएको विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिं थापाले जानकारी दिए। उनले २ वर्षअघि निगम र विश्वविद्यालयबीच नेपालमा हाइड्रोजनलाई वैकल्पिक इन्धनको रूपमा प्