जनकपुरधामका तीन वटा औषधि पसलमा सिलबन्दी

औषधि व्यवस्था विभागले जनकपुरधामस्थित औषधि पसलमा अनुगमन गरेको छ । मापदण्ड विपरीत पाइएका तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको हाे ।बुधबार विभागले औषधि पसलमा अनुगमन गर्न थालेपछि केही औषधि व्यवसायी पसल बन्द गरेर भागेका थिए । जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरी सञ्चालनमा रहेकाले व्यवसायीहरूमा भागाभाग भएको हो ।विभागले अनुगमनको क्रममा अवैधानिकरूपमा सञ्चालनमा रहेका तीन वटा औषधि पसलमा सिलबन्दी गरेको जनाएको छ । विभागका फार्मेसी अधिकृत सर्फराज अहमद खानले अस्पताल रोडमा सञ्चालित पूर्वी क्लिनिक, जनकपुर प