वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानूनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोग लगाइएको छ ।यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । फेब्रुअरीमा सेनाले कू गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । निर्वाचन