काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) महासचिव देव गुरुङले अध्यादेशको अन्तर्वस्तुमा राजनीतिक दलहरुबीच कुनै विवाद नरहेको बताएका छन् । ‘हेर्नुपर्ने मुख्य कुरा अध्यादेशको अन्तर्वस्तु हो । त्यसमा राजनीतिक दलहरुबीच विमति छैन । विधि र प्रक्रियामा कसैकसैको असहमति हुन सक्छ । अध्यादेश कहिले ल्याउने भन्ने कुरामा छलफल हुन सक्ला । अन्तर्वस्तुमा सहमति भयो भने विधि […]