जीवन विकास लघुवित्तले आजबाट ३ लाख ३४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्ने

काठमाडौं । जीवन विकास लघुवित्त...

सम्बन्धित सामग्री

जीवन विकास लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्री खुला

पुस ९, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आज शुक्रवारदेखि लिलामीमा विक्री खुला गरेको छ ।  कम्पनीले ४ लाख ७८ हजार ३३८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो ।संस्थापकहरुको नाममा बाँडफाँट भएको संस्थापक समूहको ४ लाख ७८ हजार ३३८ कित्ता हकप्रद शेयरलाई नेपाल राष्ट्र बैंकबाट बाँडफाँटको स्वीकृती नभएको भन्दै कम्पनीले विद्यमान अन्य संस्थापकहरुमा नेपाल राष्ट्र बैंकद्वारा घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी निर्देशन अनुसार फेस भ्यालुमा विक्री गर्न लागेको बताएको छ ।  सोही कारण कम्पनीका इच्छुक विद्यमान अन्य संस्थापक शेयरधनीहरुले माघ १३ गते अपरान्ह ३ बजेसम्म कम्पनीको केन्द्रीय कार्यालय कटहरी मोरङमा पुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । शेयरको मूल्य प्रतिकित्ता रू. १०० रहेको छ । एकै व्यक्ति वा कम्पनीले शेयर खरीदका लागि एउटा मात्र आवेदन फारम दिनुपर्ने कम्पनीले बताएको छ  । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । माघ १३ गते ३ बजेसम्म प्राप्त भएका बोलपत्रहरु माघ १६ गते आइतवार बिहान १० बजे विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा खोलिने पनि कम्पनीले बताएको छ ।