सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्नियुक्ति गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर गत फागुन २८ गते नेकपा एमाले प्रवेश गरेका चार सांसदको सांसद पदसँगै मन्त्री पद समेत गुमाएकाहरुलाई प्रधानमन्त्री केपी शर्माओलीले तत्काल मन्त्री पदमा नियुक्ति गर्ने तयारी गरेका छन् ।  बिहीबार सभामुख अग्नि सापकोटाले चार मन्त्रीले दल त्याग गरेको प्रतिनिधिसभालाई जानकारी दिएलगत्तै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको दुवै पद खोसिएको थियो । माओवादीबाट एमाले प्रवेश गरेका उनीहरुको पद गुमेसँगै प्रधानमन्त्री ओलीले बिहीबारै उनीहरुको पुनर