सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक नै ६ दिन रोकेर समानुपातिक तर्फका आ आफ्ना पार्टीका उम्मेदवार छान्न व्यस्त छन् । गठबन्धनको बैठक रोकेर उनीहरु आआफ्नो पार्टीका संसदीय समितिका बैठक र छलफलमा केन्द्रीत भएका हुन् ।त्यसक्रममा कांग्रेस र माओवादीले बुधबार नै बैठक राखेर समानुपातिक उम्मेदवारका मापदण्ड तय गरेका छन् । साउन २१ गते नै कार्यदल बनाएर सिट बाँडफाँट गर्न तम्सिएका सत्ता घटक दलले झण्डै डेढ महिनासम्म छलफल गरेपनि सिटमा अस्वभाविक दावी नछोडेपछि सहमतिमा पुग्न सकेका थिएनन् । भदौ २८ बालुवाटारमा बसेको गठबन्धन